चितवन । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ।
चितवन क्षेत्र नम्बर-१ राप्ती-८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।
१५-२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पंडितले बताए।
हवाई फायरपछि उनीहरू भागेको र खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताए।
अहिले भने मतदान पुन: सुरू भएको छ।
प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार
प्रतिक्रिया