चितवन । चितवनको क्षेत्र नं. १ स्थित ब्रहमस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।
राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबरपछि आफू त्यसतर्फ गइरहेको ग्लोबल नागरिकलाई बताए ।
मतपेटीका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ ।
अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार
प्रतिक्रिया