माेरङ । सुनसरीको बर्जु गाउँपालिकामा रहेको एक मतदान केन्द्रमा विस्फाेट भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार विस्फाेटमा परी एक बालिका घाइते भएकी छन्।

पहिचान खुल्न बाँकी रहेकी बालिकाको स्थानीय उपचार केन्द्रमा उपचार भइरहेको छ। घटना सुनसरीको क्षेत्र नम्बर ३ मा भएको हो।

प्रहरीका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको गेट नजिक ठूलो आवाजसहित विस्फाेट भएको हो।

विस्फाेटपछि मतदाताबीच भागदौड मच्चिएको थियो। सोही मतदान केन्द्रको गेटनजिकै अर्को पनि बम रहेको आशंकामा नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि गठबन्धनतर्फ नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा छन्।

 

प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com