गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही ठाउँमा स्वतन्त्र उम्मेदवारको पक्षमा वातावरण देखिए पनि उनीहरूले देश चलाउन नसक्ने दाबी गरेका छन् ।

गोरखा क्षेत्र नम्बर-२ मा गठबन्धनका उम्मेदवार रहेका उनले आज आइतवार ठाटीपोखरीमा पत्रकारसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारले चुनावी अङ्कगणितमा पनि खासै फरक नपार्ने बताए । तर स्वतन्त्र उम्मेदवारप्रति देखिएको लहरले पुराना दललाई सचेत भने गराएको उनको भनाइ छ ।

चुनावमा सत्ता गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका पदको भागबन्डामा गठबन्धनभित्र समस्या नरहेको पनि बताए ।

 

प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com