काठमाडौं । निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको र सबै विवरण आउँदा यो प्रतिशत बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोगको अपेक्षाभन्दा मतदान कम भएको पनि प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएकाे उनको भनाइ छ ।

यस्तै आयोगले विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com