बाजुरा । बाजुरामा कांग्रेसका कार्यकर्ताले अनेरास्ववियुका नेताको हत्या गरेका छन्। त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो।

निर्घात कुटपिट भएका अयडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डाक्टर मन्दिप पाठकले जानकारी दिए। त्रिबेणी-७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यक्रताहरुले चेतनको घरमै गएर कुटपिट गरेर हत्या गरेका हुन्।

डाक्टर पाठकका अनुसार अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । अयडीको शब अहिले बयलपाटा अस्पतालको शवगृहमा राखिएको छ ।

त्रिबेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएपश्चात विवादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानीय सञ्जिब अयडीको मृत्यु भएको थियो। सञ्जिब अयडीको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेका हुन् ।

प्रकाशित मिति: ५ मंसिर २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com