काठमाण्डाै । डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।
देउवा उम्मेदवार बनेको डडेल्धुराको दुई हजार नाै सय ५६ मतगणना हुँदा देउवाले एक हजार चार सय चार मत प्राप्त गरेकका छन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले पाँच सय २७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: ५ मंसिर २०७९, सोमबार
प्रतिक्रिया