पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ ।

प्रतिनिधिसभामा खसेकोभन्दा ९९ मतपत्र बढी भेटिएपछि गणना पछिल्लो एक घण्टादेखि रोकिएको हो । कर्मचारीले गणना गर्नुपर्ने मतपत्र दिँदा त्रुटि भएको बताइएको छ ।

मादी गाउँपालिका वडा नम्बर ५ मा १ हजार ४९ खसेको र त्यो गणना सकिएपछि पनि ९९ मतपत्रसहितको नयाँ मुठ्ठा भेटिएपछि विवाद भइ मतगणना रोकिएको हो ।

सो क्षेत्रको प्रतिनिधिसभामा ९९ मतपत्र कम रहेको र प्रदेशकोमा बढी ९९ मतपत्र देखिएकाले मतपत्र राख्ने र गन्ने समयमा त्रुटि हुन सक्ने बताइएको छ।

पछिल्लो मतपरिणामअनुसार कास्की १ मा एमालेका मनबहादुर गुरुङ कांग्रेसका किशोरदत्त बरालभन्दा अगाडि छन् ।

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com