काठमाण्डाै । गएको आइतवार भएको प्रतिनिधि सभा चुनावमा १ सय २५ मतले पराजित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दु:खी भएको बताएका छन् । तर आफू समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा मतदालालाई आभार व्यक्त गर्दै उनले गएको पाँच वर्षको आफ्नो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि अहिले आफूले पाएको मतलाई टुट्न नदिने बताएका छन् ।

उनले लेखेका छन, ‘झुठ बोलेर मत माग्दिनँ’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिनँ’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ ! यस पटक काठमाण्डौ क्षेत्र नं १ मा ‘चुनावी सङ्ग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासङ्ग्राम’ थियो।

उनले आफू कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्ने व्यक्ति भएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु।’

 

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com