काठमाडौं । काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिाछानेले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।

निर्वाचनको एक महिनाअघि उपत्यकाका ४५ ठाउँमा एकसाथ उम्मेदवार सार्वजनिक गर्ने र दुवै पार्टीबाट एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भएपनि त्यसलाई लामिछानेले पालना नगरेको बताए ।

‘काठमाडौं १ मा उहाँले घन्टीबाट उम्मेदवारी नदिने सहमति गर्नुभएको थियो, यद्यपि यो लिखित थिएन’, खरेलले भने, ‘पछि एक्कासी उहाँले पुकार बमलाई उम्मेदवार बनाएर पठाउनुभयो ।’

उनले भद्र सहमति हुँदा काठमाडौं–८ का उम्मेदवार विराजभक्त श्रेष्ठ र काठमाडौं–५ का उम्मेदवार डा. प्रणयशमशेर राणा पनि साथमै भएको बताए । ‘त्यतिबेला सबै ठाउँमा कसलाई कुन ठाउँबाट उठाउने भन्ने पनि लगभग टुंगो लागिसकेको थियो’, खरेलले थपे, ‘तर, अन्तिममा उहाँहरुले काठमाडौं–१ मा पनि उम्मेदवारी दिनुभयो । सम्पर्कमा आउनुभएन, यो इमान्दारिता होइन ।’

विकल्प बताउनेहरु विभाजित हुँदा काठमाडौं–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले जित निकालेका छन् । उनले ७ हजार १४३ मत ल्याउँदा निकटम प्रतिद्वन्द्व रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, नेकपा एमालेका किरण पौडेलले ३ हजार ५३२ र नेपाल सुशासन पार्टीका खरेलले ३ हजार १२४ मत ल्याए

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com