काठमाडौं । अध्यक्ष उपेन्द्र यादव फराकिलाे मतान्तरले पछि पर्दै गएपछि सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेका छन् । जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले अग्रता बनाइरहेका बेला जसपाका प्रतिनिधिहरू मतगणना बहिस्कार गर्दै बाहिरिएका हुन् ।
मतगणनास्थल बाहिर नाराबाजीसमेत गरेका उनीहरूले मतगणनामा धाँधली भएकाे आरोपसमेत लगाएका छन्। यसरी नाराबाजी गर्ने समूहमा उपेन्द्र यादवका छोरा अमरेन्द्र पनि देखिएका थिए ।
पछिल्लो परिणामअनुसार राउतले २१ हजार ८ सय १७ मत पाउँदा यादवले १० हजार ८ सय ८७ मत ल्याएका छन् ।
प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलबार
प्रतिक्रिया