काठमाडौं । अर्जेन्टिनासँगको खेल जितेको खुसीयालीमा साउदीले आज बुधबार देशभर सार्वजनिक बिदा दिएको छ ।

कतारमा भइरहेको फिफा विश्वकप २०२२ को समूह चरण अन्तर्गत साउदी अरेबिया र अर्जेन्टिनाबीच आज भएको खेलमा २–१ को गोल अन्तरले साउदीले अर्जेन्टिनालाई हराएको थियो ।

भोलि साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास पनि आज बन्द रहेको छ।

साउदीमा रहेको नेपाली दूतावासले टिम साउदीलाई बधाई दिँदै यो खुसीको क्षणलाई साउदी सरकार र नागरिकहरूसँग  बाँड्न चाहेको जनाएको छ ।

 

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com