वीरगन्ज । बारा क्षेत्र नम्बर ४ (ख) का नवनिर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनल अचानक अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि सोनल बिहीबार बिहान ११ बजे वीरगन्जस्थित एसएल न्युरो अस्पतालमा भर्ना भएका हुन्।

चुनावको धपेडीले विगत तीन दिनदेखि रुघाखोकी र ज्वरो आउनुका साथै कम्मरमा पनि दुखाइ भएपछि सोनल उपचारका लागि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए।

बुधबार साँझ मतगणनाको अन्तिम परिणाम घोषणा भएर प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि कार्यकर्ता र समर्थकहरूसँग खुशीयाली मनाएर राति घर फर्किदा रुघाखोकी र ज्वरोले झन च्यापेपछि सोनललाई बिहीबार बिहान ११ बजेतिर अस्पतालमा भर्ना गरिएको सर्राफले बताए।

अस्पताल भर्ना भएका सोनलको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार पनि भइरहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका सर्राफले जानकारी दिए।

बुधबार साँझ मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि कार्यकर्ता र समर्थकहरुसँग खुशीयाली मनाएर राति घर फर्किंदा रुघाखोकी र ज्वरोले झन च्यापेपछि सोनललाई बिहीबार बिहान ११ बजे तिर अस्पतालमा भर्ना गरिएको सर्राफले बताए।

लोसपाका मधेस प्रदेश अध्यक्ष र पूर्वमन्त्री समेत रहेका सोनल बारा ४ (ख)को प्रदेशसभा सदस्यमा भारी मतान्तरले पुनः निर्वाचित भएका हुन्।

प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com