बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।

पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।

यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङको उम्मेदवारी दर्ता भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो ।

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com