काठमाडाैं । नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको दुर्लभ हिउँ चितुवाको तस्बिर नक्कली भएको पुष्टि भएसँगै अमेरिकी कितिया पावलोव्स्कीले आफ्नो सामाजिक सञ्जाल निष्क्रिय गरेकी छिन।

समाचार प्रकाशित भएको केही घण्टामा नै कितियाले आफ्नो फेसबुक र ईन्स्टाग्राम अकाउन्ट दुवै निष्क्रिय गरेकी हुन।

विश्व चर्चित मानिएको ‘अल्पाइन म्यागाजिन’ ले अनुसन्धानपश्चात् शुक्रवार उक्त तस्बिरहरू नक्कली भएको समाचार प्रकाशित गरेको थियो।

म्यागाजिनले अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्की नै नक्कली भएको अनुमान गरेको छ भने उनको ईन्टाग्राममा प्रयोग भएर विभिन्न मिडियामा आएको तस्बिर विभिन्न तस्बिरहरूको जोडजाड भएकोसमेत उल्लेख गरेको छ।

नेपाल आएर कितियाले खिचेको भनिएको हिउँ चितुवाको तीन दुर्लभ तस्बिरहरूले पोष्ट भएको केही समय देखि नै सामाजिक सञ्जाल तताएको थियो।

उनको कला र समर्पणको खुबै तारिफ भएको थियो। तर अनुसन्धानको क्रममा भने कितियाले खिचेको सो तस्बिर नक्कली भएको पुष्टि भएको हो।

 

प्रकाशित मिति: १० मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com