काठमाडौं । गत आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनामा नेकपा एमालेले हालसम्म २४ लाख ७७ हजार ५९० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म २३ लाख ५५ हजार ३८७ मत पाएको छ ।

तेस्रो स्थानमा भने माओवादीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ५५३ मत ल्याउँदा माओवादी केन्द्रले १० लाख ३७ हजार मत ल्याएको छ ।

पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ३७ हजार ६२२ मत ल्याएको छ ।

 

प्रकाशित मिति: ११ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com