पोर्ट ओ प्रिन्स । हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको व्यस्त सडकमा विमान दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । सडकमा रहेका थुप्रै मानिस घाइते भएका छन् ।
राजधानीबाट दक्षिण पूर्वी बन्दरगाह सहर जासमेल तर्फ उडेको सो विमान क्यार्रेफोरमा खसेको हो ।

जिवितै उद्धार गरिएकामध्ये एक विमान चालकको उपचारका क्रममा मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानपछि सरकारी अधिकारीहरूले विमानको इन्जिनमा खराबी आएको कारण दुर्घटना भएको बताएका छन् ।

हाइटीको नागरिक उड्डयन निकायले विमानस्थलबाट उडेको करिब २० मिनेटपछि विमानले केहि गडबड भएको संकेत दिएको जनाएको छ ।

प्रधानमन्त्री एरियल हेनरीले यस दुःखद घटनामा पिडित परिवारहरु समक्ष गहिरो समवेदना प्रकट गरेका छन् ।
चरम गरिबीसँग जुधिरहेको हाइटीले केही वर्ष यता थुप्रै दैवी प्रकोपको पनि सामना गर्दै आइरहेको छ । गत जुलाईमा राष्ट्रपति जोभनल मोइसको हत्यापछि त्यहाँ राजनीतिक अस्थिरता र सामूहिक हिंसात्मक घटना पनि बढ्दै गइरहेको छ ।
बीबीसी

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com