काबुल । अफगानिस्तानका विभिन्न चार स्थानमा बिहीबार बम विस्फोट हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । ८७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । मजार–इ–सरिफको एउटा शिया मस्जिदमा पहिलो विस्फोटन भएको थियो ।

स्लामिक स्टेट (आईएस)ले पहिलो आक्रमणको जिम्मेवारी लिएको छ । तालिबानले आईएसलाई परास्त गरिसकेको बताएपनि उनीहरूको लागि यो समुह गम्भीर सुरक्षा चुनौती बनिरहेको छ । 

आईएस जिहादीहरूले मजार–इ–सरिफ मस्जिदमा प्रार्थना गर्नेहरूको घुँइचो लागेको बेला एउटा झोलामा राखिएको विस्फोटक पदार्थलाई रिमोट कन्ट्रोल प्रयोग गरी विस्फोट गराएको बताएका छन् । यस समुहले आफ्नो नेता र प्रवक्ता मारिएको बदला लिन विश्वव्यापी रूपमा चलाइएको अभियानको एक अंश स्वरूप यो आक्रमण गरिएको जनाएको छ ।

तर आईएसले अन्य तीनवटा विस्फोटमा पनि आफ्नो हात रहेको दाबी गरेको छैन । कुन्दुज सहर स्थित एउटा प्रहरी स्टेसन नजिकै एउटा सवारी साधनमा भएको दोश्रो विस्फोटमा चारजना मारिएको र अठार जना घाइते भएको एक प्रहरी प्रवक्ताले बताएका छन् ।
पूर्वी नान्गारहार प्रान्तको सडक छेउको एउटा खानीमा तालिबानको सवारी साधनमा विस्फोट गराइँदा चारजना तालिबान सदस्यको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् ।

त्यसैगरी राजधानी काबुल नजिकको नियाज क्षेत्रमा भएको चौंथो विस्फोटनमा दुईजना बालबालिका घाइते भएका छन् ।
केही दिनअघि मात्र काबुलस्थित शिया मुस्लिम समुदायको घना बस्ती रहेको क्षेत्रमा रहेकोे एक विद्यालयमा विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो, २० जना भन्दा बढी घाइते भएका थिए ।

बीबीसी

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com