काठमाडौं । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई सहभागी गराएन । स्रोतका अनुसार सभापति देउवाको अनिच्छाका कारण उनलाई नबोलाइएको हो ।

निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापा सहभागी थिए । गठबन्धनको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

गगननिकट स्रोतले पनि बैठकबारे कुनै जानकारी नगराइएको बतायो । थापाले संसदीय दलको नेता बन्ने तयारी थालेपछि सभापति देउवा सकारात्मक नरहेको नेताहरूको आकलन छ ।

‘चुनावअघि सिट बाँडफाँडमा भूमिका खेले पनि उहाँलाई यो बैठकबारे कुनै जानकारी गराइएन । निर्वाचनलगत्तै सभापतिज्यूले आफूनिकटकालाई सहभागी गराउने, आफूविरुद्ध उभिनेलाई निषेधको मनसाय राखेर नबोलाइएको देखियो,’ गगननिकट एक नेताले भने ।

 

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com