काठमाडौं । मनाङबाट प्रदेशसभा सदस्यमा विजयी भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्री बन्नका लागि एकीकृत समाजवादी पार्टीमा नआएको बताएका छन्। उनले मन्त्री आफैँ बन्नसक्ने बताए।

स्वतन्त्र विजयी भएका गुरुङले जिल्लाका साथीहरूसँग सल्लाह गरेरै पार्टीमा आएको बताए। उनले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबीसमेत गरे।

उनले भने, ‘मन्त्री भनेको ठूलो कुरा होइन। यही पार्टीमा आएर मन्त्री बन्नुपर्छ भन्ने पनि छैन। म यतिकै मन्त्री बन्नसक्छु ।’ उनले आफूलाई मन्त्रीको ठूल्ठूला अफरहरु आएकोसमेत बताए।

उनले मन्त्री कसैले दिएर पाउने चिज नभए बताए। ‘अबको मन्त्रीमा मैले दाबी गर्ने होइन। मेरो सभापतिले दाबी गर्ने हो,’ उनले भने। उनले मुख्यमन्त्री दिए पनि नचाहिने बताए। ‘मलाई मुख्यमन्त्री दिए पनि काम छैन। मलाई चाहिँदैन। त्यति एक्सपेरियन्स छैन,’ उनले थपे।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com