काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र  प्रदेशसभा चुनावमा गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका सत्ता घटकका पाँच दलको बहुमत नपुग्ने देखिएको छ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको छ भने समानुपातिकमा ३२ सिट पाएको छ। त्यस्तै माओवादी केन्द्रले प्रत्येक्षमा १८ र समानुपातिकमा १४ सिट पाएको छ।

नेकपा एसले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेको छ भने राष्ट्रिय जनमोर्चाले एक सिटमा जित निकालेको छ । थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न नसकेका नेकपा एस, लोसपा र जनमोर्चाले समानुपातिकतर्फ प्रतिनिधिसभामा सिट नपाउने भएका छन् ।

यसरी हेर्दा कुल २७५ सदस्यीय प्रतिनिधिसभामा गठबन्धनले १३६ सिट पाएका छन् । बहुमतका लागि प्रतिनिधिसभामा १३८ सिट आवश्यक हुन्छ ।

 

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com