सुर्खेत । जिल्लाको पञ्चपुरी-३ तोक्माका अमरबहादुर आले मगरले श्रीमतीको हत्या गरेर टाउको बोकेर प्रहरी कार्यालय पुगेका छन्।

उनी मंगलबार श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परे।

प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनलाई प्रहरी कार्यालय जाँदै गर्दा पञ्चपुरी- २ पलैंटेबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।

अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन्। आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको उनले प्रहरीलाई बताएका छन्।

उनले घरमै श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार गरी छिनाएका थिए। प्रहरीले टाउको बाहेकको शव घरमै फेला पारेको जनाएको छ।

प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com