काठमाडौँ । बिहीबार साँझ काठमाडौँबाट नयाँ दिल्ली उड्नै लागेको इन्डिगो एयरको जहाजमा एक यात्रु आकस्मिक बिरामी परेसँगै यात्रुलाई ‘अनबोर्ड’ गर्नु परेको छ ।

जसका कारण ट्याक्सी-वेबाट धावनमार्ग नजिकै पुगेको जहाजलाई पुन पार्किङ एरियामै फर्काउनु परेको थियो । जसका कारण जहाज निर्धारित समय भन्दा आधा घण्टा ढिला मात्र दिल्ली उडेको छ ।

बिरामी यात्रुलाई एम्बुलेन्सबाट अस्पताल पठाएपछि जहाज ४:४५ मा काठमाडौंबाट दिल्ली उडेको विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जहाज ट्याक्सी वे ‘इको प्वाइन्ट’ नजिकै पुगेको थियो । सोही अवस्थामा यात्रुलाई अनबोर्ड गनुपर्ने अवस्था आएपछि जहाज ट्याक्सीवे हुँदै फर्काइएको स्रोतको भनाई छ ।

प्रकाशित मिति: २२ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com