काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ घलाटेमा सञ्चालित सुवाल इन्टरनेशनल कलेजले सम्बन्धित निकायबाट स्वीकृति तथा सम्बन्धन नलिएको पुष्टि भएको छ ।

बिना स्वीकृति तथा सम्बन्धन सञ्चालन भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान गर्दा सम्बन्धित निकायहरुबाट सम्बन्धन तथा अनुमति नलिएको पाइएको परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।

उजुरी परेपछि परिसरले कलेजको प्रिन्सिपल भनिएका डा. प्रकाश सुवाललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो । अहिले उनीविरुद्ध ठगी मुद्दा अगाडी बढाइएको परिसरले जनाएको छ। कलेज पढाउने नाममा कत्ति जना विद्यार्थीबाट, के कत्ति शुल्क लिएको छ भन्ने अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।

कलेजले पीसीएल नर्सिङ, एचए, फार्मेसी पढाउने भनेर ६० हजारदेखि डेढ लाखसम्म शुल्क उठाएको विद्यार्थी तथा अभिभावकले जानकारी दिएका थिए । करिब २५० विद्यार्थी भर्ना भएको विद्यार्थीहरूले बताएका छन् ।

कलेजले वेबसाइटमा एमबीबीएस, बीडीएस लगायत चिकित्सा शिक्षाका विभिन्न विधा अध्यापन गराउने उल्लेख गरेको छ । भर्ना भएका विद्यार्थीका लागि कलेजले तीन वटा होस्टल समेत सञ्चालनमा ल्याएको पाइएको छ ।

कलेजको विषयमा समाचार बाहिर आएपछि चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थी तथा अभिभावकलाई भर्ना नगर्न/नगराउन सूचना जारी गरेको छ । साथै त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता नदिने सूचना मार्फत स्पष्ट गरेको छ ।

 

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com