पोखरा । गण्डकी प्रदेश सभामा पहिलो पटक इन्ट्री गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो सिटमा सांसद सिफारिस गरेको छ । २ सिटका लागि पुरुषबाट आदिवासी जनजातिमा पन्चराम गुरुङ र महिला तर्फ विन्दु पहाडी सांसद बन्ने भएका छन् ।
तर सांसद छनोटमा असन्तुष्टी जनाउँदै राप्रपाको गण्डकी प्रदेश कार्यालयमा तालाबन्दी भएको छ । पोखराको अमरसिंह चोकस्थित प्रदेश कार्यालयमा कार्यकर्ताहरूले नै तालाबन्दी गरेको बताइएको छ ।
उनीहरूले कार्यालय भित्र रहेको अध्यक्ष पन्चराम गुरुङको फोटोमा तोडफोड गरेका छन् ।
प्रकाशित मिति: २५ मंसिर २०७९, आइतबार
प्रतिक्रिया