काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भित्रभित्रै वार्ता भइरहेको सूचना आफूलाई आइपुगेको बताएका छन्।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आइतवार ललितपुरमा सम्बोधन गर्दै उनले दुई ठूला दलबीच सरकार निर्माणका लागि वार्ताको सूचना आफूकहाँ आएको दाबी गरेका हुन्।

‘कांग्रेस र एमाले मिलेर भित्रभित्रै सरकार बनाउने वार्ता भइरहेको थाहा पाएका छौँ’, उनलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसो हुँदा माओवादी प्रतिपक्षमा बस्छ। हामी संसद र सडकलाई उपयोग गर्छौँ। तर कांग्रेस र एमाले मिलेर सरकार चलाउन सक्छन् भन्ने लाग्दैन। सरकार बनाए पनि उनीहरु जुध्छन्। उनीहरु जुधे भने माओवादीले सडक र सदन दुवैलाई उपयोग गरेर हिरो हुन्छ।’

उनले केपी शर्मा ओलीले संसद विघटन गर्दै गर्दा माओवादीलाई सिद्याउन खोजेको पनि बताएका छन्। ‘त्यतिबेलै माओवादीलाई सिद्धयाउन खोजिएको थियो’, प्रचण्डको भनाइबारे स्रोतले थप्यो, ‘तर हामी सिद्धिएनौँ, झन् निर्णायक भएका छौँ। हामीले निर्वाचन परिणाम र पार्टीको अवस्थाबारे आलोचना र आत्मआलोना गर्न सक्नुपर्छ।’

उनले अहिले पनि माओवादीलाई नसोधी राष्ट्रिय राजनीति अघि नबढ्ने बताए।

 

प्रकाशित मिति: २५ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com