काठमाडौं । नेपाली कांग्रेसकाे संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले संसदीय दलकाे नेतामा उम्मेदवारी दिने भएका छन् । शेखर–गगन समूहकाे भेलाले महामन्त्री थापालाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेकाे हाे ।
संसदीय दलकाे नेताका लागि इतर समूहकाे नेतृत्व गरिरहेका शेखर काेइराला पनि आकांक्षी थिए । तर लामाे छलफलपछि काेइरालाले थापाकाे नाममा सहमति जनाएकाे नेता हृदयराम थानीले जानकारी दिए ।
अब थापाले संसदीय दलकाे नेताका लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नेछन् । आज दिउँसाे २ बजेदेखि ३ बजेसम्म मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ । मतदान भाेलि हुनेछ ।
कांग्रेसकाे विधानमा पार्टीले सरकारकाे नेतृत्व गर्ने अवसर आए संसदीय दलकाे नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।
प्रकाशित मिति: ५ पुस २०७९, मंगलबार
प्रतिक्रिया