काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका छन् ।

बिहीबार साँझ बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राखेका हुन् ।

स्रोतका अनुसार नेताहरू सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने सहमति भएको छ ।

 

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com