काठमाडौँ । भाइरल बालगायक सचिन परियारको स्वास्थ्यमा आएपछि अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो। बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन।

परियारको टाउकोमा समस्या देखिएको छ। उनको अवस्था नराम्रोसँग बिग्रिएको उनी नजिक कमल सरगमले जानकारी दिए। कमलले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन्।

विभिन्नदातामार्फत उनलाई उपचार खर्च जुटाउन थालिएको छ। एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन्। जुन चर्चित समेत भएको छ। उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा छाएका थिए । राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका परियार केही समय हास्य श्रृखला ‘मेरी बास्सै’ पनि छाएका थिए।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com