झापा । झापामा घाँस काट्न गएको बेला बुहारीले हँसिया प्रयोग गरी जेठाजुको हत्या गरेकी छन् ।
पुष ७ गते बेलुका ३:४० बजे शिबसताक्षी नगरपालिका-१० टेक्रा स्थित माईखोलाको पुर्व साईडको बगरको डिल कासघाँरीमा एक व्यक्तिको शव फेला परेको थियो ।
मृतक कन्काई नगरपालिका-४ बस्ने बर्ष ५५ को पदम लाल बास्तोला भएको खुलेपछि प्रहरीले अनुसन्धानको क्रममा मृतकको भाईको श्रीमती (बुहारी) लाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नै हत्या गरेको स्वीकारेकी छन् ।
पुष ६ गते बुहारी रनमाया बास्तोलासँगै घाँस काट्न गएका जेठाजुलाई उनले हसियाँ प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले केटिएम दैनिकलाई बताए । प्रहरीमा हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ ।
आफूमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेपछि उनले हत्या गरेको स्वीकारेको डिएसपी पाठकले बताए । उनलाई इलाका प्रहरी कार्यालय झिलझिले झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार
प्रतिक्रिया