काठमाडौं । ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले सांसदको हैसियतमा पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन् ।

सामाजिक संजाल फेसबुकमा प्रतिनिधि सभाकी सदस्य डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् ।

तलबभत्ताको सुरुवात‘निशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने उल्लेख गरेकी छन् । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा आफनो कोषबाट दिने बताइन् ।

 

प्रकाशित मिति: ९ पुस २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com