काठमाडौं । प्रधानमन्त्रीको दाबी लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । १६६ सांसदको समर्थन लिएर उनी प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास पुगेका हुन् ।
प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, अन्य एमाले नेताहरू, माओवादीका नेताहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू शीतल निवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई प्रधानमन्त्रीको दाबी लिएर आउन आज ५ बजेसम्मको समय दिएकी थिइन् ।
प्रकाशित मिति: १० पुस २०७९, आइतबार
प्रतिक्रिया