काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् । देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् ।
‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाडै विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्वीटरमार्फत भनेका छन् ।
देउवाको अपरिपक्व निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै काँग्रेसभित्र हङ्गामा भएको छ ।
प्रकाशित मिति: ११ पुस २०७९, सोमबार
प्रतिक्रिया