काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् ।

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर/डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदै छु,’ उनले ट्विट गरेका छन् ।

उनले घ्याम्पेडाँडास्थित पाइलट बाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँ बसौँ लाग्ने ।’

जनमत सरकारमा गए पनि सिके भने आफू मन्त्री बनेका छैनन् ।

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com