काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कांग्रेस र माओवादी दुवै पक्षबाट आफूहरु पीडित बनेको बताएका छन् । पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एउटा सीट लिनका लागि गठबन्धनमा आफूहरुले दुवैको अपमान सहनु परेको बताए ।

नेपालले भने- ‘हामी त कांग्रेस र माओवादी दुवैबाट पीडित भयौं । कांग्रेसले पनि हामीलाई हेप्यो,माओवादीले पनि हेप्यो । हाम्रो शक्तिलाई अपमान गरे । तर कांग्रेस र माओवादीले सहयोग गरेरै कतिपय सीट जितेका छौं । त्यसैले साथ र घात दुवै पायौं ।’

नेपालले माओवादीले साथ दिएको भए प्रकाश ज्वाला चुनाव नजित्ने र कांग्रेसले साथ नदिएको भए बझाङमा भानुभक्त जोशी पनि नजित्ने दृष्टान्त समेत दिए । उनले दुवै पक्षको विवादकै कारण गठबन्धन टुटेको बताए ।

 

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com