काठमाडौँ । राजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । सरकारमा जाने वा नजानेबारे निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघिल्लो दिन लिङ्देनले बाराको सिमरा पुगेर राजा शाहलाई भेटेका हुन् ।

स्रोतका अनुसार सिमरामा ज्ञानेन्द्र र लिङ्देनबीच भएको लामो कुराकानीमा भर्खरैको राजनीतिक विकास क्रम, प्रचण्डको सत्ता रोहणमा राप्रपाको समर्थन लगायत विषयमा कुरा भएको थियो ।

लिङ्देनले राजा ज्ञानेन्द्र शाहसँग भएको भेट बाहिर ल्याउन नचाहे पनि पार्टी बैठकमा नेताहरुले प्रश्न उठाएपछि थप सार्वजनिक भएको हो । झण्डै ६ घण्टासम्म चलेको बैठकमा नेताहरुले अध्यक्ष लिङ्देनलाई सरकारलाई दिएको समर्थनको अवस्था ३० दिनभित्र के हुने र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेको कुरा बारे प्रश्न गरेका थिए ।

प्रचण्ड सरकारलाई कसरी हेर्ने भन्नेबारे राप्रपा दोधार देखिएको छ ।

 

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com