काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सचिवालय संयोजकमा दीपक बोहरालाई नियुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहरालाई रविले सचिवालयको नेतृत्व दिएका हुन् ।

बोहरालाई रास्वपाले पार्टीको समानुपातिक सूचीमा समेत राखेको थियो । तर, लैंगिक तथा जातीय सन्तुलन मिलाउनुपर्ने भएकाले उनले त्यसमा अवसर पाएनन् ।

लामिछाने सञ्चारकर्ममा हुँदादेखि नै बोहरा उनका निकट सहकर्मी थिए । उनले न्यूज २४ बाट प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा प्रोड्यूसरको रूपमा काम गरेका थिए ।

 

प्रकाशित मिति: १४ पुस २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com