काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार ३स्३० बजे निधन भएको हो।

आफ्नी आमाको निधनमा प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य भएको बताएका छन्।

‘भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य… आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा समावेश छ, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यताप्रति प्रतिबद्ध जीवन’, उनले अगाडि लेखेका छन्, ‘उहाँको सयौं जन्मदिनमा भेट्दा उहाँले एउटा कुरा भन्नुभएको थियो, जुन म सधैं सम्झन्छ’- बुद्धिमानीपूर्वक काम गर र पवित्रताका साथ जीवन बिताउने गर।

यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १०० औं जन्मदिन मनाएका थिए।

 

प्रकाशित मिति: १५ पुस २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com