अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरको मौसमी अवस्थालाई मध्यनजर गर्दै नागरिकहरूलाई अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना औंल्याएपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सावधानी अपनाउन अपिल गरेका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com