काठमाडौं । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको अद्यावधिक गरेको विवरणअनुसार संखुवासभा र रसुवाका सडक खण्डमा आवागमन पूर्ण रूपमा रोकिएको छ। संखुवासभामा कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा वर्षाका कारण बाटो अवरुद्ध भएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।