काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका क्रममा साइरन नबजाउन सुरक्षा निकायलाई आग्रह गरेका छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार बानेश्वरबाट निस्कनासाथ पौडेलले यस्तो आग्रह गरेका थिए । नवनिर्वाचित पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् भने केहीबेरमा निवास पुग्ने उनको सचिवालयले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।