नुवाकोट । विदुर नगरपालिकाले आफ्नै बाँझो रहेको ६ रोपनी जग्गामा व्यावसायिक फूलखेती सुरु गरेको छ। विदुर–९ मा रहेको वडा कार्यालयको परिसरमा नगरपालिकाले सयपत्री र मखमली जातका करिब ९ हजार बिरुवा रोपेको छ। नगरप्रमुख राजन श्रेष्ठका अनुसार, यो उत्पादन आगामी तिहार पर्वका लागि लक्षित गरिएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।