काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउने प्रक्रिया सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। सन्दीपलाई प्रतियोगितामा सहभागी हुन अमेरिका पठाउने विषयमा क्यानले आईसीसीसँग पहल गरिरहेको उनले बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।