बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भेटवार्ता भइरहेको बताइएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतान्तरले निर्वाचित भएकोमा बधाई दिएका छन्। उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।  

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com