काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच महत्वपूर्ण भेटवार्ता हुँदैछ। स्रोतका अनुसार सोमबार राति लामो समयसम्म छलफल गरिसकेका उनीहरूबीच आजको बैठकलाई निर्णायक रहेको बताइएको छ। छलफलका लागि रवि लामिछाने ललितपुरको कुपण्डोलस्थित बालेनको निवासमा पुग्ने तयारीमा छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।