सुर्खेतमा महिलामाथि कुटपिट गर्ने चारजना पक्राउ

सुर्खेत । सुर्खेतमा महिलामाथि कुटपिट आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१२ मा एक महिलामाथि कुटपिट तथा अमानवीय यातनाको घटना सार्वजनिक भएको हो । पीडितको जाहेरीका आधारमा घटनामा संलग्न चारजनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com