विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासस्थित  बसोबास रहेको  क्षेत्रमा आज बिहान चितुवा पसेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार  इटहरी- ६ को जुट विकास क्षेत्रमा बिहानै चितुवा देखिएको थियो ।  बस्तीमा चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् ।  चितुवा देखिएसँगै पक्रन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ।

advertisement

इटहरीका प्रमुख मेयर हेमकर्ण पौडेलले चितुवा नियन्त्रण गर्न प्रयास भइरहेको बताएका छन्। मेयर पौडेलले वन कार्यालय, कोसी टप्पु वन्यजन्तु आरक्षसमेतका निकायलाई बस्तीमा चितुवा भेटिएको जानकारी गराएको जनाए । प्रहरीले स्थानीयलाई घरभित्र ढोका लगाएर बस्न आग्रह गरेको छ ।

जुट विकास क्षेत्र उत्तरतर्फ रहेको चारकोसे जंगलबाट चितुवा बस्तीमा पसेको हुन सक्ने बताइएको छ ।

 

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com