काठमाडौं । गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

थापाले दिएको रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

advertisement

‘गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णयविरूद्ध कमल थापाले दिएको रिट खारेज भएको छ,’ उनले भने।

यसअघि आयोगले कमल थापाको पार्टीलाई गाई चुनाव चिन्ह नदिने निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध थापा सर्वोच्च गएका थिए।

राप्रपा नेपालले चुनाव चिन्ह गाई माग्दै आएको थियो। तर, आयोगले राष्ट्रिय जनावर उल्लेखित चिन्ह नदिने निर्णय गरेकाले हाललाई ‘तीर’ चिन्ह मागिएको राप्रपा प्रवक्ता सुरेश आचार्यले बताए।

 

 

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com