काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पुज्नु भन्दा त मान्छेकै पुजा गर्नु ठीक हुने बताएका छन् ।

आज पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा पेरिसडाँडामा आयोजित राष्ट्रिय विज्ञान दिवस विशेष कार्यक्रममा बोल्दै प्रचण्डले अन्धविश्वास हट्नुपर्ने बताएका हुन् ।

advertisement

उनले भने, ‘हामीकहाँ त तेत्तिस कोटी देवता हुन्छन् । तिनै देउताको पूजा हुन्छ, ढुंगालाई पूजा गर्ने संस्कार छ। तर मान्छेलाई लात हान्दै हिँड्छन्।’ यसरी तेत्तीस कोटी देउताका नाममा ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छेकै पूजा गर्नु राम्रो हुने उनको भनाइ थियो।

उनले धर्मविरुद्ध नगएको र धर्म नकारात्मक हो भन्ने आशय नरहेको भन्दै मान्छेबीच थिचोमिचो र विभेद गर्न नहुने आशय रहेको समेत बताए । चुनावका बेला प्रचण्डले धर्मविरुद्ध बोल्यो भन्लान् भनेर आफूलाई डर रहेको उनले बताए ।

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com