काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनतालाई निराश हुने गरी काम नगरिने प्रतिवद्धता जनाएका छन्।

आज आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरूवात गर्दै थापाले जनतालाई निराश नहुने गरी काम गर्ने र मतको सम्मान गरिने बताएका हुन्।

advertisement

थापाले भने, ‘हामी यसपटक चुनाव जितेपछि जनतालाई निराश बनाउँदैनौं, हामी चुक्ने छैनौं, जनताको मतको इज्जत राख्छौं।’ उनले निर्वाचन जितेपछि जनताका अपेक्षा सुझबुझ र परिपक्क ढंगले पूरा गर्नुपर्ने बताएका थिए।

सत्ता गठबन्धनमा रहेका दलहरू मिलेर स्थानीयस्तरदेखि राष्ट्रियस्तरका मुद्दा तथा विकास निर्माणका काम गर्ने थापाको भनाइ थियो। दलहरूको संयन्त्र नै बनाएर विकास निर्माणका काम गरिने उनले बताए। उनले संविधान, स्थिरता र शान्ति मुलभूत उद्देश्य भएको र समृद्धिभन्दा अरू लक्ष्य नभएको पनि बताएका थिए।

सत्ता गठबन्धनका उम्मेदवारहरूले आजबाट चाबहिल गणेश मन्दिरमा कार्यक्रम गरी घरदैलो सुरु गरेका छन्।

 

प्रकाशित मिति: १८ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com